फागुन १२ देखि दोहोरी साँझ ‘रनिङ् सिल्ड’ प्रतियोगीता हुने

...

<p><b>फागुन, काठमाडौं ।</b> यहि फागुन १२ देखि १६ गतेसम्म तेस्रो अन्तर दोहोरी साँझ स्तरीय गोल्डेन ओक ‘रनिङ् सिल्ड’को आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गर्ने यस प्रतियोगीतामा देशभरबाट ३० समुहको सहभागिता हुने बताइएको छ । &nbsp;लोक संस्कृतिको सम्बद्र्धन र प्रतिष्ठानको निजी भवन निर्माणको उद्देश्यले प्रतियोगिता गर्न लागेको आयोजक प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले लोक संस्कृतिको संरक्षण, नयाँ प्रतिभाहरुलाई प्रोत्साहन र भवन निमार्णको लागि उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको बताएका हुन् । अध्यक्ष प्रगेनीले प्रतियोगीताका बारेमा कुरागर्दै भने, ‘हामीले विगत तीन वर्षदेखि यो प्रतियोगिता गर्दै आएका छौं । हिजोका दिनमा जुन तरिकाले सभ्य र भव्य तरिकाले सम्पन्न भएको थियो, यसपाली पनि विगतको भन्दा भव्य तरिकाले सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।’</p><p>प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५ हजार, द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार र सान्त्वना २५ हजार धनराशिसँगै ताम्रपत्र र मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ। त्यसैगरी उत्कृष्ट गायक–गायिकालाई १५ हजार रुपैयाँ प्रदान गरिने उनले बताए ।</p><p>बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम साँझ ५ बजेसम्म चल्ने र साँस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने पंगेनीले जानकारी दिए ।&nbsp;</p>