काठमाडौँ। लोकसेवाको तयारी गरीरहेकी सीता न्यौपानेको कमेडी यात्रा जो अहिले कमेडीमा जमीरहेकी छन् । माईक्रो बायोलोजीमा मास्टर्स गरीरहेकी सीता थेसीस लेख्न काठमान्डौ आएकी थिइन् । सहर आएपछि उनले लोकसेवाको तयारी गर्न थालिन् । पढ्दा पढ्दा बोर भएर उनी आफुलाई फ्रेस बनाउन कमेडी सो हेर्ने गर्थिन् ।
यही कमेडी सो हेर्दा हेर्दै उनीमा कमेडीको रस पस्यो र उनले ४ वर्ष अघि नेपग्याजममा गएर अडिसन दिइन् । त्यही अडिसनले उनी आज यो स्थानमा छिन्। स्ट्यान्ड अप कमेडीमा निकै रुचाइएकी कलकार हुन् सीता ।
उनले रियालिटी सो कमेडी हबमा पनि केही समय काम गरिन् । हरेक वर्ष गाईजात्रामा आफ्नो प्रस्तुती दीन्छीन् र आज लोकप्रियता कमाईरहेकी छन् ।







१६ भाद्र २०८२, सोमबार १२:५३ 








