खगेन्द्र र वर्षाको ‘हर्ष’ मंसिर १२ मा

...

काठमाडौं । निर्देशक एकता पौडेलको डेब्यू फिल्म ‘हर्ष’को पहिलो झलक र दुई पोस्टर सोमबार सार्वजनिक भएका छन्।सार्वजनिक दुबै पोस्टरमा फिल्मका प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ ।

फिल्म  मंसिर १२ गतेदेखि प्रदर्शनमा आउनेछ र यसमा खगेन्द्र लामिछाने, वर्षा राउत लगायत कलाकारहरू छन्। निर्देशक एकता पौडेलले नै कथा लेखेकी हुन् र यो फिल्म अष्टलक्ष्मी प्रोडक्सन्स् तथा ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको हो ।

फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, संगीता नापित, साइमन वादीको अभिनय छ ।

harsha -