काठमाडौँ। पूर्व नवयुवराज हृदयेन्द्र शाहको विषयमा बोलेर विवादित बनेकी सुरक्षा पन्त भन्छिन्, ‘आजभोलि मौन बस्न सिकिरहेको छु । सबै कुरा बोल्न जरुरी छैन रहिछ जस्तो लाग्यो । आफूलाई लागेका कुरा आफ्ना तर्कहरू बोल्नै नपाउँदा मनमै दबाउँदा भित्री छटपटाहट चैँ हुँदो रहेछ तर सिकिरहेको छु । अब सकभर बोल्दिन ।’
उनी थप सुनाउँछिन्, ‘बोलेर भन्दा पनि अब मेरा मनमा लागेका कुरा कलाको माध्यमबाट नै व्यक्त गर्छु । यस कारण अब म चुपचाप साई लेन्स बसेरै धेरै कुरा व्यक्त गरिरहेको छु ।’ केही समयअघि पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रबारे दिएको अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा भएको आक्रमणपछि आफूले मौनताको शक्ति बुझेको उनी बताउँछिन्।
‘सबै कुरा सिधा अर्थमा भन्न जरुरी छैन, कलाको माध्यमबाट धेरै कुरा पस्किन सक्छु,’ उनी भन्छिन्, ‘शान्त बस्नु, अनि अब्जर्ब गर्नुको पनि जीवनमा ठूलो अर्थ रहेछ भन्ने महसुस भयो। यद्यपि बोल्न मन लागेको बोल्न नसक्दा पीडा हुने रहेछ, आफ्नो व्यक्तित्व हराएजस्तो लाग्छ। कुन ठाउँमा के बोल्ने भन्ने हुन थाल्छ। उकुसमुकुस बनाउँछ, भित्रभित्रै छटपटी हुन्छ।’







१६ भाद्र २०८२, सोमबार १५:३७ 








