काठमाडौँ। फिल्म ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक गरिएको छ। ‘ढाका टोपी शिरैमा’ बोलको गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ। गीतका शब्द धन बहादुर कार्कीका हुन् भने दीपक शर्माको संगीत, श्यामश्वेत रसाईलीको एरेन्ज छ। भिडिओका कोरियोग्राफर किरण थापा र रविता मगर हुन्। लोक शैलीमा तयार गीतमा मायाप्रेमका कुरा गरिएको छ।
दसैंमा प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’ टेलिभिजन सिरियलमा चर्चित बनेको हरिबहादुर पात्रमाथि रहेर निर्माण भएको हो। दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा वरिष्ठ अभिनेता हरिवंश आचार्य शीर्ष भूमिकामा छन्। साथमा प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायत कलाकारहरूको अभिनय छ।







१६ भाद्र २०८२, सोमबार १७:३० 








