निर्देशक घिमिरेले आफु गायक यश कुमारको काम गर्ने तरिकाबाट प्रभावित भएको बताए । म पनि धेरै समयपछि नेपाली सिनेमाको निर्देशनमा कमव्याक गर्दैछु । त्यसका लागि पनि मैले आजको कार्यक्रममा सहभागी भएर धेरै कुरा सिक्ने अवसर पाएको अनुभव सुनाए । यो गीतकी गायिका स्मिता दार्जिलिङको कालिङपोङ्गबाट काठमाडौं आएर गायनमा जमेको देख्दा खुशी लाग्यो । उहाँको भविष्य उज्वल देखेको निर्देशक घिमिरेले बताए ।
गायक यश कुमारको शब्द रचना तथा संगीत रहेको गीतको एरेञ्ज र मिक्सिङ्ग देवेस राईले गरेका हुन् । यो गीतको भिडियामा पनि यश र स्मिताले नै मुख्य भूमिकामा अभिनय गरेका छन् । उनीहरुसँगै राजेज घतानी, दिपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनमको अभिनय रहेको छ । यसको निर्देशन यश कुमारले नै गरेका हुन् ।
चर्चित डिओपी हरि हुँमागाईले खिचेको गीतको भिडियोमा विकास धमालाको सम्पादन तथा कलर, मेकअप तुलसा लिम्बुको रहेको छ । गीतको भिडियो यश कुमारले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।







१७ भाद्र २०८२, मंगलवार १६:५८ 








