मुसहर बस्ती निर्माणको आधाकाम सकियो

फागुन, काठमाडौं । महोत्तरीको बर्दिबासमा निर्माणाधिन एकिकृत मुसहर बस्तीको ५० प्रतिशत काम सकिएको छ । बैशाख सम्म सबैकाम सक्ने लक्ष्यका साथ कामद्रुत गतिमा अघि बढीरहेको बेला अहिले दोश्रो तल्लाको भित्ता उठाउने काम सुरु भएको धुर्मुस सुन्तली फाउण्डेसनले जानकारी दिएको छ ।

गएको पुस २५ गते नेपालका चर्चित हाँस्यकलाकार महजोडि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले शिल्यानाश गरेका उक्त बस्तीको ४२ दिनमै ५० प्रतिशत काम सकिएको हो । लामो समयदेखी अशिक्षा, बेरोजगारी तथा पिछडिएका मुसहर बस्तीमा निर्माणधिन घरहरुको पहिल्लो तल्लाको काम सकिएको छ । मुसहर बस्ती निर्माणका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले जानकारी दिएअनुसार अहिले बस्तीको ६ वटा घरहरुका पहिलो तल्लाको भित्रीे प्लास्टर सकिएको छ भने ४८ वटा घरको पहिलो तल्लाको काम सकिएको छ । ‘अब हामी छिट्टै बस्ती सकाउन सक्छौ, काम निकै तिव्रताका साथ अघि बढिरहेको छ’ परियोजना ब्यबस्थापक न्यौपानेले भने सबैको साथ र सहयोग पाए हामी नया बर्षमा बस्ती हस्तान्तरण गर्नेछौ’ ।

फउण्डेसनले बस्ती निर्माणका लागी ४ करोड ७८ लाख लागत अनुमान गरेपनि हालसम्म फउण्डेसनलाई २ करोड ५८ लाखको हाराहारीमा सहयोग प्राप्त भएको छ । फउण्डेसनका लेखा अधिकृत सरोज जंग खत्रीका अनुसार बस्ती निर्माणका लागी अझै पनि २ करोड बढी रकम आबश्यकता छ ।

४२ दिनमा ५० प्रतिशत काम भएको नमुना बस्तीका लागी फाउण्डेसनले अहिलेसम्म २ करोडको हाराहारीमा खर्च गरिसकेको छ । १ करोड ५० लाखको हाराहारीमा खर्च भईसकेको र निर्माणका लागी खरिद गरीएका निर्माण सामाग्रीको बांकि रकम ५० लाख भन्दा बढी भने भुत्तानी गर्न बांकि रहेको छ ।