सौगात मल्लको मुख्य भूमिकामा चलचित्र ‘जूबा’ निर्माण घोषणा

...

काठमाडौँ । सौगात मल्लको मुख्य भूमिकामा चलचित्र ‘जूबा’ बन्ने भएको छ। चलचित्रमा नायिकाको रूपमा सोफी धरेलले डेब्यु गर्दैछिन् । सौगात र सोफी जोडीको रूपमा देखिने छन् । चलचित्रको कथा र अन्य टिमबारे केही समयपछि जानकारी दिइने निर्माण पक्षले बताएको छ।

प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको लेखक वर्षा पौडेल हुन् । क्रिएटिभ प्रोडुसरमा निर्देशक कर्ण र लेखक वर्षा दुवै छन् ।  चलचित्रमा सुधन पोखरेलको पनि अभिनय रहनेछ ।

रक क्यास्टर स्टुडियोको निर्माण रहने चलचित्र घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ ।एउटा पोस्टरमा सौगात मल्ल मात्रै छन् । उनी क्यामेरा अगाडि रहेर क्यामेरालाई नमस्ते गरिरहेका छन् ।अर्को पोस्टरमा उनी पि.सि.ओ.मा उभिएर फोनमा कुरा गरिरहेका छन् ।

यस्तै अर्को पोस्टरमा सुधन, जो खलपात्रमा छन् । चुरोट तानिरहेका उनको लुक्सले उनी खतरनाक भिलेनको भूमिकामा रहेको प्रष्ट पारेको छ ।