काठमाडौँ । नायक गजित विष्ट चलचित्र विकास बोर्डले चलचित्रकर्मी बिमा कार्यक्रम सञ्चालन समितिको सदस्य पदमा नियुक्त भएका छन्। चलचित्र क्षेत्रमा उनले पुर्याएको योगदान, समर्पण र इमान्दार छविलाई उच्च मूल्याङ्कन गर्दै बोर्डले यो जिम्मेवारी प्रदान गरेको हो ।
चलचित्र विकास बोर्ड र अध्यक्ष दिनेश डीसी प्रति आभार प्रकट गर्दै नायक विष्टले आफ्नो कार्यकालमा चलचित्रकर्मी बिमा कोषलाई अझै सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउन निरन्तर प्रयास गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।
समिति सदस्य पदको जिम्मेवारी पाएका गजित विष्टले बिमा कोषलाई चलचित्रकर्मीहरूको “दुःखमा भरोसायोग्य सहारा” बनाउने प्रतिवद्धता व्यक्त गर्दै यसलाई अझ प्रभावकारी र दिगो बनाउन चलचित्र उद्योगका सम्पूर्ण पक्षबाट रचनात्मक सहयोगको अपेक्षा रहेको समेत बताएका छन्।







१९ भाद्र २०८२, बिहीबार १२:५३ 








