किन वर्षमा एउटा मात्रै फिल्म गर्छिन् जसिता गुरुङ ?

...

काठमाडौँ। नायिका जसिता खास्सै मिडियामा देखिन्नन् र अन्य कलकारसरह वर्षमा ४ ५ वटा चलचित्र साइन पनि  गर्दिनन्  । उनी वर्षमा सकभर एउटा मात्रै चलचित्रमा  काम  गर्छिन्  । यससँगै उनले आजसम्म गरेका फिल्महरू मध्ये अधिकांश काम नायक अनमोल केसीसँग गरेकी छन् । धेरैलाई लाग्छ किन वर्षमा  एउटा मात्रै फिल्म गर्छिन् त जसिता  ? यसको जवाफ दिँदै उनी भन्छिन्,  ‘फिल्मको अफर नआएको होइन महिनामा ४ -५ वटा सम्म स्क्रिप्ट पढ्छु तर मेरो हिसाबको स्क्रिप्ट कमै मात्रै भेट्छु यस कारण सेलेक्टेड मुभी गर्छु । उनी थप सुनाउँछिन्, मलाई थाह छ दर्शकश्रोता मेरो फिल्मको पर्खाईमा हुनुहुन्छ अब सकभर धेरै कामहरू गर्ने प्रयास गर्छु ।’

चलचित्र ’लिलिबिली’ बाट नेपाली चलचित्रमा पाइला राखेकी जसिताले  ’लिलिबिली’ र ’लभ स्टेसन’मा अभिनेता प्रदीप खड्कासँग स्क्रिन सेयर गरेकी थिइन्। र यही चलचित्रबाट वेस्ट डेब्यु अभिनेत्रीको अवार्ड समेत हात पर्न सफल भइन् । पछिल्लो समय भने उनको जोडी अनमोलसँग जमिरहेको छ।