‘परालको आगो’ को शुभमुहूर्त

...

काठमाडौँ । चलचित्र ‘परालको आगो’ को शुभमुहूर्त गरिएको छ । चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी, रेणु न्यौपानेलगायतको अभियान रहने छ ।

यही भदौ २६ गतेदेखि छायाङ्कन हुने चलचित्रका लागि कलाकारहरुले वर्कसप समेत गरेका छन् । चलचित्रको निर्देशन लक्ष्मण सुनारले गर्दै छन् । यसैगरी चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने लेखक सुशील देवकोटा रहेका छन् ।