काठमाडौं । करियर को पीक समयमा आमा बनेकी गायिका मेलिना मैनाली भन्छिन्, ‘मेरो पनि समय आउला।’ गायिका रचना रिमाल,एलीना चौहान समीक्षा अधिकारी र मेलिना मैनाली मैनाली एकै समयमा करियर सुरु गरेका गायिकाहरू हुन् । अहिले मेलिना बाहेक अन्य सबै गायिकाहरू लाईम लाइटमा छन् । देश विदेशमा कार्यक्रमहरूमा निकै व्यस्त छन् । तर मेलिना भने विवाह पश्चात् अलि सुस्ताएकी छन् । उनी छोरालाई जन्म दिएर अहिले सन्तान हुर्काउन लागी सरेकी छन् ।
आफ्ना सबै साथीहरूको व्यस्तता देख्दा उनी भन्छिन्, ‘अहिले म घर बाहिर निस्कन पाएको छैन ।उनीहरूजस्तो स्टेज सो गर्न पाई रहेको छैन तर मेरो जस्तो दीन उनीहरूको पनि आउँछ । अब उनीहरूले विवाह गरेर सन्तान जन्माउने समयमा म फ्री भईसक्छु । त्यसपछि उनीहरू अहिले म जस्तो छु त्यस्तै बन्नैपर्छ । म अहिले उनीहरू जस्तो बन्छु । समय हो सबैको आउँछ ।’
कमल र मेलिनाले २०७९ सालमा विवाह गरेका थिए । ‘भ्वाइस अफ नेपाल’की प्रतियोगी मेलिना र गायक कमलबीच कोभिडको समयदेखि प्रेम सम्बन्ध सुरु भएको थियो ।







२० भाद्र २०८२, शुक्रबार १०:४९ 








