गंगा सोनामको आवाजमा ‘गुनासो’ सार्वजनिक (भिडिओ)

...

काठमाडौँ। नेपाल आइडल’ सिजन ६ की विजेता गंगा सोनामको आवाजमा ‘गुनासो’ बोलको गीत सार्वजनिक भएको छ। आइडल विजेता बनेपछिको गंगाको पहिलो गीत हो।

गीतको भिडिओ निकेश खड्काको निर्देशनमा बनेको छ। जसमा अभिनेत्री सनिशा भट्टराई र अभिनेता राज कटुवालले अभिनय गरेका छन्। माया गर्ने व्यक्तिलाई गरिएको गुनासोको कुरा गीतमा छ।

गीतमा प्रदीप चापागाईंँको शब्द, लेखु सहयात्रीको कम्पोज रहेको गीत विशम आचार्यले एरेन्ज तथा मिक्सिङ गरेका हुन्।