काठमाडौँ । फिल्म ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ। गायक पुष्पन प्रधान र गायिका आकाङ्क्षा थापाको स्वर रहेको गीतमा बुद्धि तामाङ, वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभि थापा लगायतका कलाकारहरू देखिएका छन्।
गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘धागो’ फिल्म कार्तिक २८ गते नेपाल र भारतका हलमा एकसाथ रिलिज हुनेछ । कातिक २८ गते नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने फिल्म उदिप राना थापाले निर्देशन गरेका हुन् ।
फिल्ममा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन् । बुद्धि तामाङ, सुनिल थापा, प्रज्ञा थापा लगायतका कलाकारहरूले पनि फिल्ममा अभिनय छ ।







२० भाद्र २०८२, शुक्रबार १६:५२ 








