क्यान्सर रोगको कारण अस्ताएकी इन्दिरा गोले

...

काठमाडौँ। क्यान्सर रोगको कारण अस्ताएकी गायिका इन्दिरा गोले जो ३० वर्ष भन्दा बढी समय देखी गायनमा सक्रिय थिइन् । उनी दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । यही रोगकै कारण उनले ज्यान गुमाइन् ।

ललितपुरको कोन्ज्योसोममा जन्मिएकी इन्दिरालाई पेटको भागमा प्राणघातक क्यान्सर भएको थियो । उनका दुई जना छोरीहरू छन् । गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजार गीतमा स्वर दिइसकेकी थिइन् र तामाङ गीतसङ्गीतलाई विश्वभर फैलाउन भूमिका खेलेकी थिइन्।

उनको स्वरमा सजिएका गीतहरू चाँगुनारायण थान, जाई फूलको बासना, घर त छाउनीमा, होइ ताङ्बा,लगायत धेरै गीत सदाबहार छन् । अझैपनी उस्तै लोकप्रिय छन् । गीतसङ्गीतमा लागेर उनले युरोपका र खाडीका सबै देशमा पुगेकी थिइन् । उनी भन्ने गर्थिन् मलाई गीतैले विश्व घुमायो। आफूलाई भाग्यमानी ठान्दछु ।