बुवाको लय पछ्याउँदै कलकार बनेका मोहितवंश आचार्य

...

काठमाडौँ। बुवाको लय पछ्याउँदै कलाकार बनेका व्यक्ति हुन् मोहित वंश आचार्य । अग्रज कलाकार हरिवंश आचार्यका छोरा हुन् मोहितवंश आचार्य । बालकलाकार  देखी बुवासँगै कलकारितामा लागेका उनी अहिले फिल्म निर्माता बनिसकेका छन् । फिल्म ‘हरिबहादुरको जुत्ता’ उनैको  निर्माणमा  बनेको चलचित्र हो । यो फिल्म आउँदो दसैमा रिलिज  हुदैछ  ।

मोहितले पहिल्यैदेखि पर्दा पछाडि रहेर बुवाको प्रोजेक्टमा काम गरी रहेका थिए । उनी भन्छन्,मैले कलाकार बन्छु सोचेको त थिइन तर बच्चै देखी बुवाको काम देखेर मलाई पनि यही क्षेत्रमा लगाव रह्यो । मोहित व्यवसायमा पनि आबद्ध छन् । उनले रेस्टुरेन्ट सञ्चालन गरी रहेका छन् ।