पर्वमा आक्रमक शैलीमा नम्रता

फागुन, काठमाडौं । आउँदो चैत २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पर्व’ का केहि तस्बिर सार्वजनिक गरीएको छ । कुनै एक पर्वमा घटेको घटना र त्यसपछि उत्पन्न भएको  घटनाक्रमलाई सस्पेन्स शैलीमा निर्माण गरिएको यस चलचित्रमा नायिका नम्रता श्रेष्ठ आक्रामक शैलीमा देखिएकी छिन् । अहिले नेपाली बजारमा पर्वमा समावेश ‘काले दाई काले’ बोलको  गीत चर्चामा छ । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ ।

दिनेश राउतले निर्देशन गरेको यस चलचित्र ४० दिनको छायांकनमा सकिएको निर्माणपक्षले जनाएको छ । एकगीतको केहि अंश खिच्न मात्र बाँकी रहेको बताउँदै निर्देशक राउतले यसपटक  चलचित्रमा दर्शकले फरक स्वाद पाउने बताए । उनले एउटा रोचक कथामा चलचित्र निर्माण गरीएको बताएका छन् । चलचित्रका  सुवास गिरी र निकिता पौडेल निर्माता हुन् ।

चलचित्र गोपिकृष्ण मुभिजको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, कोशिश क्षेत्रीको संगीत

छ ।