काठमाडौँ। ४५ वर्ष एकसाथ सहकार्य गरेको उदाहरणीय जोडी हो मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको महजोडी । कला क्षेत्रमा दर्शकले रुचाएका जोडी कलकार धेरै आए र अझै धेरै छन् तर दुखको कुरा यी जोडीहरू लामो समय एकसाथ सहकार्य गर्न सक्दैनन् ।
दर्शकले निकै मन पराएका कलाकारहरू पनि छोटो समयमा नै छुट्टिन्छन् । पछिल्लो समयका चर्चित तथा लोकप्रिय जोडी जिग्री–पाँडे,बल्छी धुर्बे र राजु मास्टर,दीपक राज गिरि र जीतु नेपाल लगायत अन्य धेरै उदाहरण छन् जो दर्शकले रुचाई रहेकै समयमा अल्ल्गीएर आ- आफ्नो काम गर्दै छन् । तर हरिवंश आचार्य र हरिवंश आचार्य यस्तो कलकार जोडी हो जुन जोडीले ४५ वर्ष देखी सहकार्य गर्दै आइरहेको छन् । आजसम्म कहिल्यै मनमुटाबको कुरा सुनिएको छैन ।
मदनकृष्ण श्रेष्ठ अल्जाइमरका बिरामी छन् । रोगले उनलाई निकै गलाएको छ । तर पनि हरिवंशलाई साथ दिँदै उनी कार्यक्रममा पुगीरहेका हुन्छन् । वास्तवमै मह जोडीले मित्रता र सहकार्यको इतिहास रचेको छ ।







२२ भाद्र २०८२, आईतवार ११:३० 








