‘मबिको एप’को व्यवसायिक दूत बनिन् स्वस्तिमा

...

काठमाडौं ।  एड-टेक प्लाटफर्म ‘मबिको एप’को व्यवसायिक दूतमा  अभिनेत्री स्वस्तिमा खड्का नियुक्त भएकी छन् ।अभिनेत्री खड्काले पनि सामाजिक संजालबाट आफू ब्रान्ड एम्बेसडर बनेको जानकारी दिएकी छन् ।

१ वर्षदेखि संचालनमा रहेको यो एपलाई २००० भन्दा धेरै विद्यार्थीले डाउनलोड गरेको जनाइएको छ । यो एपमा अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, दक्षिण कोरिया, युरोप लगायतका ठाउँमा सुविधा दिने ६० भन्दा धेरै उत्कृष्ट मानिएका संस्था सूचीकृत रहेको उल्लेख छ ।

यो एपमा ६० भन्दा बढी शैक्षिक संस्था सूचीकृत छन् र २००० भन्दा धेरै विद्यार्थीले डाउनलोड गरिसकेका छन्।