‘उज्यालो उत्सव २०७३’ हुने

फागुन, काठमाडौं । दृष्टीबिहीन बालबालिकाका लागि भवन निर्माणमा सहयोगका लागी लायन्स क्लब अफ काठमाडौं टेम्पलले ‘उज्यालो उत्सव २०७३’ नामक सांगीतिक कार्यक्रम   आयोजना गर्ने भएको छ । २८ वर्षदेखि जापानमा बसेर समाज सेवा गर्दै आएका लायन्स क्लब अफ काठमाडौं टेम्पलका अध्यक्ष श्रेष्ठले आफै सांगामा ३ रोपनी जग्गा उपलब्ध गराई आप्mनो  संस्थामार्फत सांगीतिक कार्यक्रम आयोजना गरेर त्यसमार्फत हुने आय आर्जनबाट उनीहरुका लागि भवन निर्माण गर्न लागेका हुन् । टेम्पलले अध्यारोबाट उज्यालोतिर भन्दै बिभिन्न समयमा  सहयोगको हात अगाडि बढाउँदै आएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार आगामी फागुन २१ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा कार्यक्रम हुने छ । कार्यक्रममा गीत संगित, नृत्य र हाँस्य व्यँग्य प्रस्तुति रहने पनि उनले बताए ।सांस्कृतिक कार्यक्रममा राजेशपायल राई, पशुपति शर्मा, रमेशराज भट्टराई, मौसम गुरुङ, जीवन परियार, देविका वन्दना, सुनिता गुरुङजस्ता गायक गायिकाका साथमा सुर सुधाले सांगीतिक  प्रस्तुति प्रस्तुत गर्नेछ ।

यस्तै, कलाकारहरु गौरी मल्ल, रिस्ता बस्नेत, मेनका गुरुङ, दिपेन्द्र तिमल्सिना लगायतका कलाकारले नृत्य प्रस्तुत गर्नेछन् भने हाँस्य कवि शैलेन्द्र सिंखडाले व्यग्यात्मक कविता प्रस्तुत गर्नेछन् ।  हाँस्य कलाकार जितु नेपालको कमेडी र कार्यक्रम सञ्चालनसँगै अगाडि बढ्ने कार्यक्रममा नक्कली बाबुराम भनेर चिनिएका ज्योति काफ्ले नक्कली हिसिला यामी भनेर चिनिएकी बिपना  बस्नेतको पनि प्रहसन रहनेछ ।