फिल्म हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

...

काठमाडौं । फिल्म ‘मोहर’को निर्माण संस्थाले फिल्म रिलिज भएको एक महिनापछि दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर ल्याएको छ । देशका चार वटा सिनेमा हलमा गएर फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् । चितवनको म्याङ्गो जन ज्योती सिनेमा, सामाखुशी, काठमाडौंको क्यूएफएक्स स्क्वायर मल, किर्तिपुरको कीर्तिपुर सिनेप्लेक्स तथा न्यूरोडको रञ्जना सिनेप्लेक्समा गएर फिल्म हेर्ने दर्शकले यो पुरस्कार जित्न सक्नेछन् ।

म्याङ्गोमा फिल्म हेर्नेमध्ये ३ जना, सिटी स्क्वायरमा फिल्म हेर्नेमध्ये २ जना, किर्तिपुर सिनेप्लेक्समा फिल्म हेर्ने मध्ये २ जना र रञ्जना सिनेप्लेक्समा फिल्म हेर्नेमध्ये २ जनाले यो पुरस्कार प्राप्त गर्न सक्नेछन् । दर्शकले फिल्मको टिकटको पछाडि आफ्नो नाम र मोबाइल नम्बर लेखेर हलमा राखिएको बक्समा आफ्नो टिकट खसाल्नु पर्नेछ । जसमध्ये, भदौको २३ गतेदेखि असोजको ११ गतेसम्म फिल्म हेर्ने दर्शकमध्ये ९ जनाले यो पुरस्कार जित्न सक्नेछन् ।

गत साउन २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मोहर’ सिनेमा हलमा प्रदर्शन भैरहेको छ । फिल्मले बक्स अफिसमा ५ करोड रुपैयाँभन्दा माथिको व्यापार गरिसकेको छ । फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, मिथिला शर्मा लगायतका कलाकारहरुको  अभिनय रहेको छ।