काठमाडौँ। बलिउड अभिनेत्री मौनी रोय यतिबेला नेपाल भ्रमणमा छिन्। मौनीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका तस्बिरहरू आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छन्।
तस्बिरहरू सेयर गर्दै उनले लेखेकी छिन्, ‘पशुपतिनाथ, न सम्मानको मोह, न अपमानको भय। म यहाँ आएर आफूलाई भाग्यमानी महसुस गरिरहेकी छु। आभारी छु, धन्य छु र कृतज्ञ पनि छु।’
मौनी रोय डान्सर र गायिका समेत हुन्। उनले मुख्यतया हिन्दी टेलिभिजन र फिल्महरूमा काम गर्छिन्।







२३ भाद्र २०८२, सोमबार १०:२३ 








