काठमाडौँ। नायिका ऋचा शर्मा भन्छिन्, ‘म हिरोइन म्याटरीयल हुँदै होइन । मेरो फिगर कहिले राम्रो थिएन । उमेरको हिसाबले ३७ वर्ष लागेकी ऋचा सुनाउँछिन् म एक कललकार हो म अभिनय गर्छु तर मेरो फगीर मेरो अनुहारको हिसाबले म हिरोइन म्याटरीयल चैँ होइन । तर कामको अभाव कहिले भएन । मलाई गर्न आउने मैले गर्ने भनेको अभिनय मात्रै हो त्यो बाहेक अरू कला म मा छैन । यदि मेरो फगीर,उमेर अनुहारलाई जर्ज गरेर काम दिनुहुन्छ भने म त्यो काम गर्दिन । म त वेस्ट मेरो क्यारेक्टरमा काम गर्छु । मैले पाएको भूमिकाले दर्शकलाई प्रभावित बनाउँछु ।’
विवाह गरेर एक छोराकी आमा बनी सकेकी ऋचाको फिल्मी व्यस्तता आज पनि उस्तै छ । धमाधम फिल्म साइन गरी रहेकी छन् । ऋचा शर्मा नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री, मोडल र उद्घोषक हुन्। उनी मिस नेपाल २००७ सौन्दर्य प्रतियोगिताकी उत्कृष्ट दश भित्र परेकी थिइन्। उनी त्यसपश्चात सङ्गीत भिडियोमा अभिनय गरी लोकप्रिय बनेकी थिइन्।
उनले नेपाली चलचित्र फस्ट लभ (२०१०)बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्। उनले त्यसपछि सन् २०११ मेरो लभ स्टोरी र हाइवेमा काम गरिन्। सन् २०१४ मा लुट नामक नेपाली चलचित्रमा अभिनय गरेपछि उक्त चलचित्रले बक्स अफिस उत्कृष्ट व्यापार गरेको थियो जसले गर्दा उनको अभिनय कार्यकालमै एक नयाँ मोड आएको थियो।







२३ भाद्र २०८२, सोमबार ११:१४ 








