‘बिग आइकन’ मा १० प्रतिस्पर्धी भिड्ने

...

<p><b>फागुन, काठमाडौं ।</b> बिग आइकनको सातौँ संकरणमा अन्तिम १० प्रतिस्पर्धीहरु बिच भिडन्त हुने भएको छ ।१० औं चरणसम्म आइपुग्दा उत्कृष्ट १२ प्रतिस्पर्धी छनौट भएको यो सिजनको ‘बिग आइकन’ अन्र्तगत मंगलबार २ जना प्रतिस्पर्धी बाहिरिएपछि प्रतियोगितामा अब १० प्रतिस्पर्धी बाँकी रहेका हुन् । ‘बिग आईकन’ बिग एफ.एमले आयोजना गरेको हो ।</p><p>उत्कृष्ट १० राउण्डमा पाल्पाका दिनेश बराल, लमजुङका सलोमी गुरुङ, लेखनाथका सौजन्या तामाङ, अर्चलबोटका गौरब पुन, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ, संगम टोलकी प्रिया गुरुङ र कुश्माका लक्ष्मण दर्जीले भिड्दैछन् । अब यहि चरणदेखि प्रतिस्पर्धीहरुलाई अगाडिको यात्रा तय गर्न निर्णायकसँगै एसएमएस भोटले पनि मताधिकार राख्ने बताइएको छ ।</p><p>यस पटक बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र सुनील थापा निर्णायक छन् । पहिलो चरणको अडिसनमा लागि कुल १ हजार १ सय ५२ प्रतिस्पर्धीले सहभागीता जनाएका थिए । छानिएका उत्कृष्ट १० जनाबीच अबभने आउँदो शनिबार प्रतिस्पर्धा हुने बताइएको छ । यो चरणपछि अब प्रतिस्पर्धीले सम्पूर्ण बाजागाजाहरुसहित गाउनुपर्नेछ । उत्कृष्ट १० देखि उत्कृष्ट ३ प्रतिस्पर्धी छनौट हुँदा सम्म प्रत्येक राउण्डमा १/१ जना प्रतिस्पर्धी बाहिरिदै जानेछन् ।</p><p>बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने आयोजकले &nbsp;जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् &nbsp;।&nbsp;</p>