मिस नेपाल विवाद पहिला पनि हुन्थ्यो -जेनिशा मोक्तान

...

काठमाडौँ।  मिस नेपाल विवादित बनिरहँदा पूर्व मिस नेपाल जेनिशा मोक्तान भन्छिन्, ‘विवाद पहिला पनि हुन्थ्यो तर अहिले आवाज ठुलो भएको मात्रै हो । पहिला टेलिभिजन अघि बसेर मिस नेपाल हेरिरहँदा मान्छेहरूले कमेन्ट गर्थे होला यो केटी हुनुपर्थ्यो अर्कै भयो यस्तै -यस्तै विविध कुरा हुन्थ्यो होला । तर यस्ता चित्त नबुझेका कुरा घर भित्रै मात्र सीमित हुन्थे । तर पछिल्लो समय विभिन्न सञ्चार माध्यम छ । जसले पनि बोल्न पाउँछ लेख्न  पाउँछ । जे मन लाग्यो कमेन्ट गर्न पाउँछ । गाली गर्न पनि पाउँछ यस कारण आवाज मात्रै ठुलो भएको हो । यस्ता विवाद, असन्तुष्टि पहिल्यैदेखि हुन्थ्यो । उनी थप सुनाउँछिन्, मलाई पनि ताज जित्छु भन्ने थिएन । सबै कुरा हामीले सोचेजस्तो हुँदैन । हामीले एउटा कोणबाट मात्रै जर्ज गर्नु हुँदैन । केही न केही ट्यालेन्ट  नभई मिस नेपाल जितिँदैन’ ।

पहिलो मिस तामाङ रहेकी साथै २००९ मा मिस नेपालको ताज विजेता हुन् जेनिशा । जेनिशा मोक्तान १४ औ मिस नेपाल हुन् ।  मोक्तान सन् २००९ मा मिस नेपाल भएकी थिइन् । उनले २०७२ सालमा ब्यवसायी डिकेश मल्होत्रासँग लगनगाँठो कसेकी छिन् । उनले फिल्म तथा म्युजीक भिडीयोमा समेत अभिनय गरेकी छन् ।