रेखा र कोमल राप्रपा केन्द्रिय सदस्यमा निर्वाचित, रेखालाई १६ सय र कोमललाई १८ सय मत

...

<p><b>फागुन, काठमाडौं । </b>राष्ट्रिय प्रजातन्त्र पार्टीको एकिकृत महाधिवेशनबाट अभिनेत्री रेखा थापा र गायिका कोमल ओली केन्द्रिय सदस्यमा निर्वा्चित भएका छन् । मंगलबार राजधानीमा भएको महाधिवेशनमा दुबैले उम्मेदवारको खुला प्रतिस्पर्धामा भाग लिएका थिए । रेखाले १६ सय र कोमलले १८ सय मत प्राप्त गरिन् । चलचित्र संचारकर्मी प्रकाश सुवेदी भने पराजित भएका छन् ।</p><p>आँफुलाई केन्द्रिय सदस्यमा जिताउनका लागी केहिसमय अघि देखी रेखा र कोमलले प्रचारप्रसार गरीरहेका थिए । उनीहरुको भोटको आग्रहका तस्बिरहरु सामाजिक सञ्जाल तथा मिडियाहरुमा निकै छाएका पनि थिए । पहिलोपटक रेखाले औपचारिक राजनीति थालेकी छन् । कोमलले राप्रपामा लाग्नु पछाडि २० वर्ष लामो रेडियो नेपालको जागिर पनि छाडेकी हुन् ।&nbsp;</p><p><br></p>