गोविन्द र गोपालकाजीको हातपातको विवाद मिल्यो

फागुन, काठमाडौं । चलचित्र वितरक गोविन्द शाही र गोपालकाजी कायस्थबीचको विवाद मिलेको छ । गोविन्दले आफूमाथि हातपात गरेको भन्दै कायस्थले प्रहरी र चलचित्र संघमा निवेदन दिएपछि सुरु भएको विवाद अन्ततः माफिमा गएर मिलेको हो ।

बिहीबार चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र संघमा बसेको बैठकले पछिल्लो रिलिज चलचित्र ‘किङ’ को काठमाडौं उपत्यकाको सेयर लिनेदिने विषयमा दुई वितरकबीच विवाद हुँदा शाहीले आफूमाथि हातपात गरेको सम्मको उजुरी कायस्थले दर्ता गराएका थिए । यो विषयमा चलचित्र संघले मागेको स्पष्टिकरण पत्रमा वितरक शाहीले भोलिका दिनमा यो प्रकारको गल्ती नदोहो¥याउने, कसैलाई नधम्क्याउने र घटना दोहोरिएको खण्डका संघले गर्ने जुनसुकै कारबाही खेप्न तयार हुनेसम्मको स्पष्टिकरण दिएपछि अन्ततः विवाद मिलेको हो ।

साथै गत माघ २६ मा घटेको उक्त घटनापश्चात् बसेको संघको बैठकले शाहीको तर्फबाट वितरण तथा प्रदर्शन हुने कुनै पनि फिल्म तत्काललाई प्रदर्शनमा रोक लगाउने भन्ने निर्णय पनि फिर्ता भएको जारी विज्ञप्तिमा उल्लेख छ ।