घुस लिने र दिने गर्ने छैनौं- केकी अधिकारी

...

काठमाडौं । अभिनेत्री केकी अधिकारीले पनि भ्रष्टाचार गर्दिन भनेर सबैले सपथ लिनुपर्ने बताएकी छन् । फेसबुकमा बुधबार स्टाटस लेख्दै उनले जेनजी आन्दोलनका शहिदको त्यागलाई खेर जान दिन नहुने बताएकी छन् ।

केकी लेख्छिन्, ‘ आज एउटा सपथ हामी पनि लिऔं आफैसँग । भ्रष्टाचारविरुद्ध जुन उद्देश्य र सपना बोकी हाम्रा वीर सहिदहरू लडे, आज एउटा सपथ लिऔं, घुस लिने र दिने गर्ने छैनौं । भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाँउ दिने छैनौं । यो त्याग र बलिदान खेर जान दिने छैनौं ।’

जेनजी आन्दोलनको मुख्य उद्देश्य भ्रष्टाचार रोक्नु थियो र त्यसमा केकीले साथ र समर्थन जनाउँदै स्ट्याटस लेखेकी हुन्।

keki