मंसिरमा रिलिज हुँदै ‘सुस्केरा’

...

काठमाडौँ। चलचित्र ‘सुस्केरा’ ले रिलिज मिति घोषणा गरेको छ। यतिबेला ‘सुस्केरा’ पोस्ट प्रोडक्सनमा जुटेको छ।सडक बालकको कथामा बनेको फिल्ममा शुभम अधिकारी, हार्दिक पौडेल, नायरा प्रसाईंको अभिनय रहेको छ भने साथमा शर्मिला शर्मा, दिनेश कोइराला, डा. ओमकृष्ण प्रसाईं, उषा किरण अधिकारी र अन्य बालकलाकार मनिषा श्रेष्ठ , सन्जित श्रेष्ठ , कल्पना भुजेल, उमेश मगर लगाएतको अभिनय छ ।

कर्मवीर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक शंकर अधिकारी घायल हुन् । फिल्ममा ममता रायमाझीको प्रस्तुति, डा. ओमकृष्ण प्रसाईं, मोहन गमाल, मनोज अधिकारीको निर्माण रहेको छ ।