पोखरामा मिस नेपालले ¥याम्प तताउने

फागुन, काठमाडौं । मिस नेपालले पोखरामा ¥याम्प तताउने भएका छन् । वर्तमान ‘मिस नेपाल २०१६’ अस्मी श्रेष्ठ, ‘मिस नेपाल अर्थ’ रोशनी खत्री, ‘मिस  नेपाल इन्टरनेसनल २०१४’ शुभेक्छा खड्कासहितका सेलिब्रेटीले पोखरामा ¥याम्प तताउने भएका हुन् ।

‘फेसन ट्रेन्ड्स २०१७ पोखरा’ मा उनीहरुसँगै अभिनेत्री नम्रता श्रेष्ठ, आँचल शर्मा, मरिस्का मेरी पोखरेल, रीमा विश्वकर्मा, हर्षिका श्रेष्ठ, अलिशा राई, ‘मिस  पुर्वान्चल २०१६’ कृतिका गिरी, फस्ट रनर अप इक्शा मादेन आदि पनि ¥याम्पमा देखिनेछन् । ¥याम्पमा अभिनेता मन्चिन शाक्य, अमित श्रेष्ठ, अमित ढुंगाना, प्रज्जवल  गिरी, पल शाह, रोशन श्रेष्ठ, गायक सपन श्रेष्ठ लगायतका सेलिब्रेटीले पोखराको ग्रान्ड होटलमा ¥याम्प नाप्नेछन् । उक्त फेसन ट्रेन्ड्स २०१७ पोखरा’ फेसन डिजाइनर उत्तम बनेपालीले आयोजना गर्न लागेका हुन् ।

१९९७ मा धरानबाट ‘समर ९७’ नामको फेसन शो आयोजना गरेर चिनिएका डिजाइनर बनेपालीले देशका विभिन्न सहरमा थुप्रै शो गरिसकेका छन् । बनेपाली २००५ देखि ‘मिस नेपाल’को डिजाइनरको रुपमा काम गरिरहेका छन् । आयोजक बनेपालीले आफूसँगै आफ्नो फेसन इन्स्टिच्युट सेन्ट्रल फेसन हबका दुई विद्यार्थी इशु मगर र अन्जना श्रेष्ठका डिजाईनलाई समेत ¥याम्पमा उतार्नेछन् । कार्यक्रमको आयोजना भने सिल्भर इन्टरटेनमेन्टले गर्न लागेको हो ।

हाल ललितपुरको  ‘उत्तम्स  क्रियसन बुटिक’सँगै ’सेन्ट्रल फेसन हब’ नामक फेसन इन्स्टिच्युटसमेत सञ्चालनमा ल्याएका बनेपालीले आउँदो  शनिबारबाट पोखरामा समेत नयाँ शाखा खोल्दैछन् । बनेपालीका अनुसार फेसन शोमा ट्रेडिसनल गाउन, लेहेंगा ,क्याजुअल डिजाईन, औपचारिक  शुट लगायतका डिजाईनमा मोडलहरु प्रस्तुत हुने छन् ।