आयशा टाकियाको अनुहार कसरी भयो यस्तो ?

...

<p><b>फागुन, काठमाडौं । </b>बलिउडमा कस्मेटिक सर्जरी गर्ने अभिनेत्रीहरु थुप्रै छन् । आँफुले सर्जरी गरेको कतिले खुलस्त स्वीकारछन् त कतिले गुपचुप नै राख्छन् । &nbsp;केहि साता अघि मात्र प्रियंका चोपडाले नाक पनि सर्जरी गरेकी हुन् भन्ने चर्चा चल्यो । साथै प्रियंकाले आँफुले नाकको सर्जरी नगरेको र आँफ्नो प्राकृतिक नाक नै यस्तो भएको भन्दै एक अन्तवार्तामा बोलेपछि यो बिषय सेलाएको थियो । त्यस्तै केहि समय अघि अनुस्का शर्माले पनि आफ्नो ओठ सर्जरी गर्दा उनमा निकै परिवर्तन आएको थियो र यो घटनाले निकै चर्चा पनि पाएको थियो ।<br></p><p>पछिल्लो समय चलचित्रक्षेत्रबाट केहि टाढा रहेकी अभिनेत्री आयशा टाकियाको अहिले चर्चा चल्न थालेको छ । निकै सुन्दरी आयशाको अनुहारमा परिवर्तन आउँदा उनको चर्चा चल्न थालेको हो । मुम्बइमा एक कार्यक्रममा सहभागी हुँदाका उनका ती तस्बिरमा उनले ओठको सर्जरी गरेको जस्तो देखिन्छख । यसले उनको अनुहार राम्रो हुनुको साटो बिग्रेको छ । उनको ओठ फुलेको जस्तो देखिएको छ जसकारण उनको सुन्दरता नै खराब भएको छ तर उनले वास्तवमै सर्जरी गरेकी हुन् या उनको मेकअप बिग्रेको थियो भन्ने कुनै पुष्टि भएको छैन । यतिबेला उनका ति भाइरल बनेका तस्बिरहरु सामाजिक सञ्जालमा मजाकका बिषय पनि बनेका छन् । &nbsp;</p><p>एजेन्सी ।&nbsp;</p>