‘मिस युनिभर्स नेपाल २०२५’को फिनाले बुधबार हुदै, १४ जनाले गर्दैछन् प्रतिस्पर्धा

...

काठमाडौँ । विश्वव्यापी चर्चित त्युटि पेजेन्ट ‘मिस युनिभर्स’ को नेपाल फ्रेन्चाइज ‘मिस युनिभर्स नेपाल २०२५’को फिनाले भोली बुधबार हुने भएको छ। काठमाडौंको रोएल टुलिप होटलमा दिउँसो ४ बजेदेखी सुरु हुने फिनालेमा १४ जना सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिस्पर्धामा सन्या अधिकारी, प्रतिक्षा अधिकारी, निर्जला न्यौपाने, ईशा राई, आरोही बस्नेत, लिसा बर्नावल, सुयसा सिंहराज, सिखा पराजुली, सरस्वती राई, वर्षा कंडेल, ज्योति थापा, अलिना एरी, एन्जल डंगोल र सोनालिसा ढुंगाना रहेका छन् ।

ग्लोबल ग्ल्यामर भेन्चरको आयोजना हुँदै आएको मिस युनिभर्स नेपालको फिनालेको तयारी पुर्णरुपमा सकिएको राष्ट्रिय निर्देशक संगीता पुरीले जानकारी दिइन् । पुरीका अनुसार गतबर्ष भन्दा यसबर्ष युवतीहरुको सहभागीता राम्रो थियो । साथै फाइनलिस्टहरु १४ जनानै उत्तिकै प्रतिभाशाली रहेको उनको भनाई छ । यसअघि नै निर्देशक पुरीले मिस युनिभर्स नेपालका लागी धेरै मापदण्डहरु खुकुलो पारेको जानकारी दिएकी थिइन् । कुनै उचाई, तौल, बर्गको आधारमा मापदण्ड नराखिएको जानकारी दिएकी थिइन् । सोहि अनुरुप अहिले बिभिन्न उचाई तथा बिभिन्न पेशा गरिरहेका महिलाहरुको सहभागीता रहेको छ । उनले भनेकी छिन्, ‘मैले भन्दै आएकी छु, यो सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म हो । तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्यता हो ।’

miss universe nepal 2025 finalist

यसबर्षबाट मिस युनिभर्स नेपाल रियालिटी शोको रुपमा पनि रहेको थियो । युट्युवमा सार्वजनिक रियालिटी शोको बिभिन्न ६ एपिसोडमा प्रतिस्पर्धीहरुले कल्चरल फोटोसुट, किचेन च्यालेन्ज, रनवे च्यालेन्ज लगायतमा प्रतिस्पर्धा गरिएको मिस युनिर्भ नेपालकी अध्यक्ष साबी पुरीले जानकारी दिइन् । पेजेन्टको कोरियोग्राफरको रुपमा दिक्पाल कार्की रहेका छन् । फिनाले कार्यक्रम माल्भिका सुब्बा र दिक्पाल कार्कीले गर्दैछन् ।