काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफूले सार्वजनिक गरेका गीतहरुमध्ये चर्चा कमाइरहने मोडल हुन् ओभि रायमाझी । उनी पेशाले मोडल हुन् । उनले दर्जनौं म्युजिक भिडिओमा काम गरेका छन् । करोडौं पटक युट्युव लगायतका प्लेटफर्महरुमा हेरिएको छ । यसपटक उनी मोडलसँगै गायक पनि भएका छन् । उनले चर्चित गायिका एलिना चौहानसँग स्वर दिएको पैसा बोल्छ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द र संगीत पनि ओभिकै रहेको छ भने र्याप पनि उनले नै गाएका छन् । संगीत संयोजना एचबिएन किस्मतले गरेका छन् ।
गीतको भिडिओ ओभि रायमाझी युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीत शनिबार अपलोड गरिएको हो । गीतमा पावर भएपछि सबैकुरा गर्न सकिने लगायतका शब्द राखिएको छ । साथै नेपाली गीतसंगीतको क्षेत्रमा भएका बिकृतीहरुलाई पनि उठाइएको छ ।
त नबोल भाई यहाँ पैसा बोल्छ
जे टिक्ट भाई यहाँ पावर टिक्ट
कानुन पनि यहाँ सजिलै बिक्छ
नत कला नत गला गायक भाका छन्
ठेकेदारलाई फोन गरि स्टेज पाका छन्
थोरै धेरै मिडियालाई पैसा खुवाएका छन्
त्यसैले त यिनी यहाँ भाइरल भाका छन् ।
यस्तै यस्तै शब्द सहितको गीत अहिले सामाजिक सन्जालमा पनि छरिदै गएको छ । टिकटकमा पनि क्लिपहरु भाइरल हुँदै गएको देखिन्छ । गीतको बारेमा मोडल तथा गायक ओभिले पछिल्लो समय आफूले देख्दै आएकै कुराहरुलाई उठाएको बताएका छन् । उनले आफूले बर्षौदेखी देख्दै आएका कुराहरुलाई गीतमा उतारेको आर्टिष्ट खबरलाई बताएका छन् ।
भिडिओमा ओभिसँगै मोडल सन्चिता बोलाखे, शिबु पाण्डे, राजेश बिसी, अभिलेख अधिकारी, चेतन अर्याल र जानुका बिकेको अभिनय रहेको छ ।
पवन सुस्लिङले खिचेको र सम्पादन गरेको भिडिओको निर्देशन राजिव समरले गरेका हुन् ।







१२ आश्विन २०८२, आईतवार ११:१७ 








