काठमाडौँ। अधुरै रहेको अभिनेत्री मनिषा कोइरालाको सन्तान जन्माउने रहर । विवाहपछि उनलाई सन्तानको रहर निकै थियो । तर दुर्भाग्य भन्नुपर्छ उनलाई पाठेघरको क्यान्सर भयो । केही समयअघि उनले आफ्नो जीवन समीक्षा गर्दै भनेकी छन्, ‘त्यति बेला मैले हतारमा विवाह गरे ।’
उनको वैवाहिक सम्बन्ध पनि लामो समय टिक्न सकेन । छोटो समयमा नै सम्बन्ध विच्छेद भएको थियो । र विवाह गरेको केही समयमा नै उनलाई क्यान्सर भएको पता लागेको थियो । लामो समयको उपचार पश्चात् क्यान्सरलाई जितेर उनी लामो समय देखी एकल जीवन बिताइरहेकी छन् ।
बलिउडमा सक्रिय नेपालकी अभिनेत्री मनिषा कोइरालाको वैवाहिक जीवन सफल हुन सकेन । कोइरालाले सन् २०१० जून १९ मा नेपालका व्यापारी सम्राट दाहालसँग विवाह गरेकी थिइन् । उनीहरुको विवाह दुई वर्ष पनि टिक्न सकेन ।







२८ आश्विन २०८२, मंगलवार १०:२३ 








