काठमाडौँ। सपनाको सहर अमेरिका छाडेर नेपाल फर्किएका अभिनेता रमेश उप्रेती भन्छन्, ‘यो उमेरमा म मरो देश छाडेर कहीँ जान्न । उनी थप सुनाउछन्, मलाई पिआर को लोभ पनि छैन र काम परेन भने म अब अमेरिका घुम्न भनेर पनि जान्न ।’
करियर राम्रै चली रहेका बेला उनी केही वर्षअघी स-परिवार अमेरिका पलायन भएका थिए । तर पछिल्लो समय उनी नेपाल फर्किए र पुन चलचित्रमा कम -ब्याक गरे । वैवाहिक सम्बन्ध बिग्रिएपछि रमेश अहिले एकल जीवन बिताइरहेका छन् ।
केही समयअघि उनको विवाहको चर्चा पनि चलेको थियो । यद्यपि उनी भन्छन्, ‘जे लेखेको छ त्यही हुन्छ । मैले विवाह गर्छु भनेर मात्रै हुँदैन रैछ ।’







२९ आश्विन २०८२, बुधबार १३:१० 








