तिहारमा भीड्दैछन् यी तीन फिल्म

...

काठमाडौँ।  तिहारमा तीन नयाँ नेपाली फिल्महरू रिलिज हुने तयारीमा छन्। जसले बक्स अफिसमा कस्तो व्यापार गर्छन् भन्ने चासो बढाएको छ। यस वर्ष भाइटिकाको दिन (कात्तिक ६) गते ’वरिष्ठ बलराम’’सोल्टिनी’ प्रदर्शनमा आउँदै छन् भने त्यसको भोलिपल्ट, कात्तिक ७ गते ’मैझारो’ रिलिज हुनेछ।

’वरिष्ठ बलराम’ एक सामाजिक कथामा आधारित फिल्म हो। यसमा अभिनेता दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन्। यस्तै अन्तरजातीय प्रेमको मार्मिक कथामा तयार भएको फिल्म हो ’सोल्टिनी’। फिल्ममा अभिनेता प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा छन्। यसैगरी तिहार मै रिलिज हुने अर्को चलचित्र रहेको छ मैझारो ।

भाइटिकाको भोलिपल्ट रिलिज हुने फिल्म ’मैझारो’ मा धिरज मगर, मिरूना मगर र दिया पुन मुख्य भूमिकामा छन्। अभिनेता विल्सनविक्रम राई निर्देशित यो फिल्म पनि प्रेमकथामा आधारित छ। प्रदर्शन तयारीमा रहेका यी ३  फिल्मले कस्तो व्यापार गर्लान् ? त्यसका लागी भने रिलिज  मिति नै कुर्नुपर्ने   हुन्छ ।