काठमाडौँ। नेपालको पहिलो साइन्स फिक्सन फिल्म ‘एक्लो: वान’को ‘एक्लै बाँच्नु’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । शान्ति श्री परियार को सुमधुर आवाजमा सजिएको यो गीत अरू फिल्मका गीतहरू भन्दा पृथक रहेको छ । गीतमा कविता नेपालीको आकर्षक नृत्य देख्न सकिन्छ । यस गीत सार्वजनिक भएसँगै कमेन्टमा प्रशंसा बटुलीरहेको छ ।
आगामी पुस १७ गतेलाई प्रदर्शन मिति तय गर्दै मङ्गलवार सार्वजनिक गरिएको यस गीतमा फिल्मकी मुख्य अभिनेत्री कविता नेपालीसँगै सागर राना पनि देखिएका छन् । स्वप्निल शर्माको शब्द तथा तथा रोहित शाक्यको सङ्गीत रहेको गीतमा चर्चित लोक गायिका शान्ति श्री परियारले स्वर दिएकी छन् । महिलाको बह पोखिएको यस गीतमा भान्साको पीडादेखि एक्लोपनको भाव प्रकट गरिएको छ ।
गीतले जीवनभरि रुनुको सट्टा एक्लै बाँच्न प्रेरणा दिन्छ । प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा कवितासँगै प्रदीप खड्का, बेनिशा हमाल, दिनेश डिसी, सुरजसिंह ठकुरी, लगायत बेलायती अभिनेता जेमी बेकनको पनि अभिनय रहेको छ ।







३० आश्विन २०८२, बिहीबार १२:३७ 








