काठमाडौँ। हृदयन्द्र शाहलाई गीत सुनाउने पन्चकली बुढा भन्छिन्, ‘राजपरिवार भेट्न मन छ ।’ केही समयअघि जुम्लामा नवयुवराज हृदयन्द्रसँगको उनको पूर्व निर्धारित भेट थिएन । उनी त्यो दीन आफ्ना दाइ दिदीसँग घुम्न भनेर गुम्बा पुगेकी थिइन् र सोही क्रममा नवयुवराजसँग उनको भेट भएको थियो । भेटमा पन्चकलीले गीत गाएर हृदयन्द्र लाई सुनाएकी थिइन् । उक्त गीतकै कारण उनको चर्चा एकाएक चुलियो ।
पन्चकलीलाई गीत गाउने रहर सानै देखीको हो । गाउँघरका कार्यक्रममा गीत गाएर पुरस्कार जितिरहने उनले गत वर्ष नेपाल आइडलमा भाग लिएकी थिइन् अडिसन पास भए पनि उनी त्यहाँ भन्दा अघि बढ्न सकिनन् । तर उनको गायिका बन्ने रहर मरेको थिएन ।
पछिल्लो समय उनले गीत रेकर्ड गई रहेकी छन् । गीतका अफर आइरहेको उनी सुनाउँछिन् । ब्याचलर पढ्दै गरेकी पन्चकलीसँग रेडियोमा काम गरेको अनुभव पनि छन् ।







३१ आश्विन २०८२, शुक्रबार १६:०५ 








