आफूले मागेको पारिश्रमिक पाउने भएको छु- विजय बराल

...

काठमाडौँ। साइड रोल बाट लिड रोलमा पुगेका विजय बराल भन्छन्, ‘बल्ल आफूले मागेको पारिश्रमिक पाउने भएको छु । अब बिस्तारै दयाहाङ दाइको जस्तै मेरो पनि अनुहार बिक्छ होला ।’ ‘पूर्णबहादुरको सारङ्गी’ चलचित्र अघिसम्म दयाहाङ राईको साईडमा बसेर छोटो डाइलग बोल्ने विजय बराल अहिले दयाहाङसँगै आमनेसामने  भएर ‘वरिष्ठ बलराम’ चलचित्र मा ५० -५० रोलमा  काम गरेका छन् ।   यतीबेला उनी भन्दैछन्, ‘दयाहाङ दाइको लेभलमा पुग्न मलाई अझै समय लाग्छ । भर्खर त दर्शकले मेरो अभिनय रुचाउन थाल्नुभएको छ ।’

‘पूर्णबहादुरको सारङ्गी’ चलचित्र पछि अब विजय बराल अभिनेता दयाहाङ राईका साथीको भूमिका (सह–अभिनेता) मात्र नभई आफ्नै पहिचान बनाउन सफल कलाकारको रूपमा स्थापित भएका छन् ।

दयाहाङ राई र विजय बरालको फिल्मी यात्रा र मित्रता निकै पुरानो छ। थिएटर का ती दुखका दिनदेखि आजसम्म उनीहरू एकसाथ छन् र सम्बन्ध पनि सुमधुर रहेको छ।