केपी ओलीको प्रशंसा गर्नु गल्ती भयो- प्रकाश सपुत

...

काठमाडौँ। प्रकाश सपुत भन्छन्, ‘केपी शर्मा ओलीको प्रशंसा गर्नु गल्ती भयो । विवादको कुरामा उनी थप प्रस्ट्याउँछन् म न त पहिला एमाले पार्टीमा थिए न अहिले छु । मैले राजनीतिक दृष्टिकोणले उहाँको प्रशंसा गरेको होइन । सिर्फ कार्यक्रमको फर्मबाट अनुसार केपी ओलीको जीवन यात्राको विषयमा केही भनेको थिए त्यही नै मेरो ठुलो गल्ती भयो ।’

प्रकाश सपुतले एउटा कार्यक्रममा पुगेर केपी ओलीलाई परिवर्तनका नायक भन्दै ५ मिनेट खर्चिएका थिए । उनको त्यहि तारिफले गर्दा धेरै दर्शकले उनका फिल्मका लागि समय र पैसा नखर्चिने निर्णय गरिदिए । केपी ओलीको बखान गर्नेको फिल्म के हेर्नु भन्ने धारणा सामाजिक सञ्जालबाट फैलियो । त्यसलाई रोक्न प्रकाश सपुतले प्रधानमन्त्रीको तारिफ गर्दा गाली खानु पर्ने अवस्था नबन्ने प्रधानमन्त्री देशले पाओस् भन्दै आफुलाई जोगाउने प्रयत्न त गरे तर उनको केहि लागेन।

फिल्मले सोचेअनुरूप व्यापार गर्न सकेन। अझ प्रस्ट भनौँ प्रकाश सपुत डुबे यसकारण केपी ओलीको तारिफ गर्नु नै मेरो गल्ती भयो भनेर आत्मालोचना गर्दै छन् प्रकाश सपुत।