अब विवाह गर्दिन- स्मारिका ढकाल

...

काठमाडौँ। अब विवाह गर्दिन भन्छिन् मोडल स्मारिका ढकाल । विवाह गरेको केही वर्षमै सम्बन्धविच्छेद भएपछि उनले केही वर्षयता एकल जीवन बिताइरहेकी छन् । र अब आफू दोस्रो विवाह गर्ने योजनामा नरहेको उनी सुनाउँछिन् । काठमान्डौमा एउटा घर बनाएर आमा बुवालाई पालेर बस्ने सपना स्मारिकाले बुनेकी छन् ।

सानै देखी नाच्न माहिर उनी पछिल्लो समय सक्रिय मोडलको रूपमा कलकारितामा लागेकी छन् । उनले फिल्ममा समेत डेब्यु गरी सकेकी छन् । अर्को कुरा के छ भने उनले व्यवसायमा पनि हात हालेकी छन् । स्मारिकाले पार्टनरसिपमा फिटनेस सेन्टर हालसालै सञ्चालनमा ल्याएकी छन् ।

केही वर्षअघि टिकटकबाट चर्चामा आएकी कलाकार हुन् स्मारिका । छोटो समयमा नै उनले धेरै प्रगति गरिसकेकी छन्।