पोखरामा कन्सर्ट गर्दै नेपथ्य

...

काठमाडौँ। चर्चित साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा‘क्रिकेटका लागि नेपथ्य’ नारासहित नोभेम्बर ७ शुक्रबारका दिन पोखरा रङ्गशालाको फुटबल स्टेडियमामा कन्सर्ट गर्ने भएको हो ।

कन्सर्टमा प्रवेशका लागि पोखराका समर्थकले नेपथ्यको वेभसाइटबाट जर्सी खरिद गर्न सक्नेछन् । पोखरा एभेन्जर्सको जर्सीको नियमित मूल्य १४९९ हो । तर, कन्सर्टका लागि जर्सी खरिद गर्न आउने सुरुका १ हजार जना समर्थकलाई टिमले ९९९ रुपैयाँमै जर्सी दिने निर्णय गरेको छ ।