कुन्जना घिमिरे (सुन्तली)को जन्मदिन

...
असार , काठमाडौं । दर्शकले जुराईदिएको जोडि भनेर चिनिएका सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) को प्रेम कहानी गज्जबको छ । हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा अभिनय गर्दा गर्दै प्रेम सम्बन्धमा बाधिएका यि जोडि लामो समयसम्मबो प्रेम सम्बन्ध पछि वैवाहिक सम्बन्धमा गाँसिएका हुन् ।  धुर्मुसले प्रेम प्रस्ताव राखेको तिन बर्ष पछि मात्र प्रेम प्रस्ताव स्विकार भएको बताउँछन् । त्यस्तै सुन्तलीले पनि अभिनय यात्राको सुरुवातबाटै धुर्मुसको हरेक कुरा राम्रो लागेको तर प्रेम प्रस्ताव आएपछि भबिष्यकै बारेमा सोच्नु पर्ने भएर तिन बर्षको लामो समय पछि मात्र प्रेम प्रस्ताव स्विकार गरेको बताउँछिन् ।
kunjana ghimire - suntali
 यस्तै आज बुधबारका दिन कुन्जना घिमिरे (सुन्तली)ले जन्मदिन मनाउँदै छिन् । आफ्नो जन्मदिनको अवसरमा खासै ठुलो कार्यक्रम त नभएको तर आफन्त, घर परिवार सँग बसेर खुसी साटासाट गर्ने कार्यक्रम रहेको र अहिले भईरहेको बताईन् । साथै सुन्तलीलाई जन्मदिनको अवसरमा अन्य थुप्रै हाँस्य कलाकारहरुले जन्मदिनको शुभकामना दिएका छन् ।
पछिल्लो समय भुकम्पले गरेको जनधनको क्षतिमा बिभिन्न जिल्लामा सहयोग गर्दै हिडेका सुन्तली र धुर्मुसको जोडि आज सम्म आउँदा पनि कतै अस्थायी घर, बिद्यालय बनाईदिने त कतै सौचालय निर्माण बनाईदिने काम गरीरहेका छन् । यसैक्रममा आर्टिस्ट खबर डटकमले सधैं कुटो कोदालोमा देखिने यो जोडि आज त कतै जाँदैन होला नी ? धुर्मुसको मुखबाट उत्तर यसरी आयो, नेपालमा भुकम्पले ठुलो क्षति पुर्यायो । धेरै जिल्लामा आफ्ना परिवार र घर पनि गुमाउनु परेको पिणा छ । एक छाक सम्म खान पनि धौ धौ परेका परिवार धेरै छन् त्यस्ता परिवारलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो । हामी आज मात्र जन्मदिन भएर परिवार सँग घरमा बसेका हौं भोलीबाटै फेरी सहयोगको कार्यमै जुट्नेछौं ।
आर्टिस्ट खबरको तर्फबाट कुन्जना घिमिरेलाई जन्मदिनको धेरै धेरै शुभकामना ।