काठमाडौं ।अभिनेत्री साम्राज्ञी शाहले यस वर्ष आफ्नो जन्मदिनलाई निकै विशेष बनाएकी छन्। जन्मदिनकै दिन उनले इन्स्टाग्राममार्फत इन्गेजमेन्ट भएको खबर प्रशंसकलाई सुनाउँदै सबैलाई आश्चर्यचकित बनाइन्। सार्वजनिक गरिएको तस्बिरहरूमा साम्राज्ञीले पहिरिएको हीराको औंठी निकै झल्किएको छ।
उनीसँग इन्गेजमेन्ट गर्ने युवकको पहिचान भने उनले खुलाएकी छैनन्। तर ‘S & B’ लेखिएको ह्यासट्यागमार्फत उनले आफ्नो भावनात्मक संदेश सार्वजनिक गरेकी छन्। त्यस सन्देशमा उनले आफ्नो जीवनमा आएको नयाँ मान्छेप्रति गहिरो आभार व्यक्त गर्दै प्रेम, विश्वास र सहयात्राबारे मन छुने शब्द लेखेकी छन्।
साम्राज्ञीले व्यक्त गरेको अर्थपूर्ण भावनाले उनका प्रशंसक र सहकर्मी कलाकारहरूबाट सामाजिक सञ्जालमा धेरै बधाई र शुभकामना पाउन थालेका छन्। जन्मदिनसँगै आएको यो नयाँ सुरुवातप्रति सबैले खुसी व्यक्त गरिरहेका छन्।









२ मंसिर २०८२, मंगलवार १४:०० 








