काठमाडौं । देशभरका प्रतिभाशाली बार टेन्डरहरूको सिर्जनात्मक तथा कौशल कलालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने लक्ष्यका साथ सञ्चालनमा आएको ‘जेम्सन बार टेन्डर सिरिज २०२५’ अन्तिम चरणमा प्रवेश गरेको छ । देशभरबाट छनोट भएका सयबढि प्रतिस्पर्धिहरूबाट अन्तिम ६ फाइनलिस्ट तय भएसँगै सिरिजको यो सिजन समापन उन्मूख भएको हो ।
यो बार टेन्डर सिरिज केवल प्रतिस्पर्धा मात्र नभई देशभरका उत्कृष्ट बार टेन्डरहरूको प्रतिभा, कथाको प्रस्तुतिकरण र ककटेल सिर्जनाका नयाँ प्रयोगहरूलाई प्रस्तुत गर्ने प्रमुख मञ्च बनेको आयोजक नेपा इभेन्ट्सले जनाएको छ ।
गत सोमबार थापाथलीमा आयोजित ‘मिट दि जज सेसन ‘पश्चात यतिबेला सिरिजमा कोचिङसँगै अन्तिम तयारीमा चलिरहेको छ । नेपालको मिक्सोलोजी क्षेत्रमा नयाँ उचाइ दिने उद्देश्यका साथ सञ्चालित सिरिजमा फाइनलिस्टहरूलाई अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त निर्णायकहरूले कोचिङ गरिरहेका छन् ।
बार टेन्डर समाज भारतका अध्यक्ष अर्चित सिंघल,चर्चित मोक्सोलोजिस्ट उज्जल कृष्ण जोशी, नेपाल बार टेन्डर समाजका सहायक संस्थापक तथा मिक्सोलोजी विशेषज्ञ सन्तोष डेविड फैइलाको मूल्यांकन ज्ञाताबाट अन्तिम प्रतिस्पर्धि तय भएका थिए । यहि नोभेम्बर २२ शनिबार ठमेलमा यो सिरिजको सेमिफाइनल र ग्राण्ड फिनाले तय भएको आयोजकले बताएको छ । सिरिजका विजेताले ुपेर्नोड रिकार्ड दुबईुको पूर्ण प्रायोजित भ्रमण र नगद एक लाख प्राप्त गर्नेछन् ।
आतिथ्य र इभेन्ट व्यवस्थापनमा नयाँ मापदण्ड सेट गर्दै आएको नेपाल इभेन्ट्सले यसअघिका वर्षहरूमा पाटन म्युजिक फेस्ट, पाटन फेस्ट जस्ता इभेन्ट गर्दै आएको छ भने आगामी डिसेम्बर ३१ मा काठमाडौंमा न्यू इयर म्युजिक फेस्ट’ आयोजना गर्दैछ ।








४ मंसिर २०८२, बिहीबार १३:१० 








