केकीले पनि पाईन् अमेरीकाको भिषा, जुलाई मै उड्ने

...

keki adhikari - nepali modelअसार, काठमाडौं । नायिका केकी अधिकारीले पनि अमेरीकाको भिषा पाएकी छिन् । आज केकीले अमेरीकाको ५ बर्षे मल्टिपल भिषा पाएकी हुन् । पछिल्लो समय नेपाली कलाकारलाई सपनाको देश बनेको अमेरीकामा कलाकारहरु जानेक्रम बढिरहेको छ । एकताका निकै चलेका कलाकारहरु यतिखेर कुनै पनि नेपालमा छैनन् त्यस्तै पछिल्लो समय नन्दिता केसी पनि अमेरीका उडिसकेकी छिन् ।
पाँच बर्षको मल्टिपल भिषा पाएकी केकीले हामीलाई जुलाई २८ मा अमेरीका तिर लाग्ने बताएकी छिन् । केकीले आफु २ महिना पछि नेपाल फर्कने बताएकी छिन् । केकी सेप्टेम्बरको अन्तिममा फर्कने छिन् ।