संवाद र समन्वय बढाउन राष्ट्रिय लोक सञ्चारकर्मीको नयाँ समिति गठन

...

काठमाडौं। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले काठमाडौं उपत्यकामा नयाँ कार्यसमिति गठन गरेको छ। शनिबार १७ सदस्यीय समितिको अध्यक्षमा अनिता कुमारी घिमिरे (अनु अर्पण) निर्विरोध चयन भएकी छिन्।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज लामिछाने, उपाध्यक्षमा मिलन खत्री, सचिवमा सञ्जय पोखरेल, सह(सचिवमा अनिता पुराकोटी, कोषाध्यक्षमा राहुल थापा, सह(कोषाध्यक्षमा सुरेश पन्त निर्वाचित भएका छन्।

कार्यसमितिका सदस्यहरूमा लक्ष्मण शर्मा, विकास थापा, इन्द्रजित पौडेल, आकृति आचार्य, विकास दमासे, गोपाल नेपाली, चक्रप्रसाद पोखरेल र सन्तोष तामाङ रहेका छन्। प्रचारप्रसार विभाग सचिवमा प्रकाश विश्वकर्मा र सदस्यमा निरोज गौतम चयन भएका छन्।

निर्वाचन अधिकृत, अधिवक्ता रामचन्द्र श्रेष्ठले सबै पदमा निर्विरोध निर्वाचन भएको जानकारी दिएका छन्।

समिति गठनको उद्देश्यका बारेमा केन्द्रीय अध्यक्ष चन्द्रमणि गौतमले बताए, “उपत्यका समिति मौलिक लोकगीत तथा संगीतको प्रवद्र्धन, संगठन विस्तार र स्थानीय समन्वयलाई प्रभावकारी बनाउने लक्ष्य राखेर गठन गरिएको हो। यसले लोक विधाका सञ्चारकर्मी र कलाकारबीच समन्वय बढाउने र अन्य सरोकारवाला निकायसँग सहकार्य गर्ने भूमिका निर्वाह गर्नेछ।”