काठमाडौँ । यतिबेल सर्बत्र चर्चामा रहेको लोकगीत झलिकोले युट्युवमा एक करोड भ्युज पार गरेको छ । अर्जुन सापकोटाको झलिकोले सार्वनिक भएको १९ दिनमै युट्युवमा लोभलाग्दो भ्युज पाएको हो । गीतमा अर्जुनसँगै मेलिना राई र समीक्षा अधिकारीको सुन्न सकिन्छ ।
अर्जुनको यो गीत उनले यसअघि सार्वजनिक गरेका गीतहरु मध्ये अहिलेसम्मकै छोटो समयमा सर्वाधिक हेरिने गीतमा पर्न सफल भएको छ । झलिको युट्युव, फेसबुकसँगै टिकटकमा अध्यधिक भाइरल बनिरहेको छ । टिकटकमा लाखौं टिकटक बनिरहेका छन् ।
यस गीतको शब्द रचना सन्तोष सापकोटाको हो भने संगीत अर्जुन स्वयंमको छ। कृष्ण रेउलेको थेगो रहेको गीतको संगीत संयोजन एचबीएन किस्मतको हो। गीतमा प्रदीप रोदनको कविता वाचन छ। गीतका शब्दहरूले मायाको कुरा गर्छ। प्रेम जोडीको भावनाहरूलाई यसमा व्यक्त गरिएको छ। गीतको भिडिओमा भने वैदेशिक रोजगारीका लागि परदेश जाने युवाहरूको कथा छ। यसको भिडिओमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय तथा नृत्य छ। साथमा शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटा लगायतको अभिनय छ।
भिडिओको कथा दीपा सिंखडा र विशाल घिमिरेले तयार पारेका हुन्। कास्कीको घान्द्रुकमा छायांकन गरिएको भिडिओको निर्देशन विशालले गरेका हुन्। मुकेश नेपालीको कोरियोग्राफी रहेको भिडिओमा बुद्ध थापाको छायांकन, दिन्शन शाहको सम्पादन छ।
गायक सापकोटाका यसअघि ‘पछ्यौरी लिसियो’, ‘बस्यौ अलक्कै’र ‘दुस्ख साट्मला’ लगायतका गीतहरू चर्चित छन्।







१४ मंसिर २०८२, आईतवार १८:५० 








