काठमाडौँ । अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा पहिचान बनाइसकेको आइसफल प्रडक्सनले आगामी वर्ष नयाँ परियोजनाहरूमा व्यापक रूपमा नयाँ र पुराना प्रतिभालाई अवसर दिने योजनासहित खुला अडिसनको घोषणा गरेको छ। ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’, ‘रेडसुटकेश’ जस्ता आलोचकद्वारा प्रशंसित फिल्म निर्माण गरिसकेको कम्पनीले २०२६ का लागि फिचर फिल्म, सिरिज र सर्ट फिल्म निर्माणमा गति दिने बताएको छ।
निर्माता तथा प्रमुख रामकृष्ण पोखरेलका अनुसार, अडिसनमार्फत छनोट भएका कलाकारलाई परियोजना तथा भुमिकाअनुसार सहमतिमा राखी काम गर्ने प्रक्रिया सुरु हुनेछ। उनको भनाइमा, “आगामी वर्ष हाम्रो उत्पादन विस्तारसँगै प्रतिभालाई व्यावसायिक फिल्म प्लेटफर्ममा जोड्ने उद्देश्यले अडिसन क्याल घोषणा गरिएको हो।”
आइसफल प्रडक्सन विदेशी फिचर फिल्म, डकुमेन्ट्री र विज्ञापनमा लाइन प्रोडक्शन गर्दै आएको अनुभवले नेपाली कलाकारलाई अन्तर–बजारमा काम गर्ने मौका दिने वातावरण पनि तयार हुँदै गएको कम्पनीको दाबी छ। यसअघि निर्माण भएका फिल्महरू अन्तर्राष्ट्रिय फेस्टिभलमा छनोट र पुरस्कृत भइसकेकाले यहाँबाट डेब्यु वा क्यारियर विस्तार गर्ने कलाकारका लागि अवसर विशेष मानिएको छ।
अडिसनमा मुख्यदेखि सहायक भूमिका सबैका लागि खुला अवसर राखिएको छ। कुनै लिङ्ग, उमेर वा जातीय सीमाबिनै आवेदन दिन पाउने व्यवस्था गरिएको छ, जसले नव–प्रतिभा र विविध पृष्ठभूमिका कलाकारलाई समान अवसर प्रदान गर्ने संकेत गर्छ। इच्छुक कलाकारले आफ्नो परिचयात्मक भिडियो [email protected]
नेपाली फिल्म उद्योगमा उत्पादन विस्तार, नयाँ प्रतिभा खोजी र समावेशी अडिसन प्रणालीलाई प्रोत्साहन गर्ने कदमका रूपमा आइसफल प्रडक्सनको यस कदमलाई विश्लेषकहरूले सकारात्मक विकास मानिरहेका छन्।







६ पुष २०८२, आईतवार १७:२१ 








