रश्मिलाज फेसियल हाउसको छैटौँ शाखा हात्तिगौडामा सञ्चालन, १८ औँ वार्षिक उत्सव मनाइयो

...

काठमाडौँ । सौन्दर्य सेवाको क्षेत्रमा परिचित ब्रान्ड रश्मिलाज फेसियल हाउसले आफ्नो छैटौँ शाखा काठमाडौँको हात्तिगौडामा सञ्चालनमा ल्याएको छ । संस्थाको १८ औँ वार्षिक उत्सवको अवसर पारेर पुष १० गते बिहीबार नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा सहभागी थिए भने अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेत्री बेनिशा हमाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष डिसीले अन्तर्राष्ट्रिय गुणस्तरको सेवा प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउस नेपाली सौन्दर्य क्षेत्रमा स्थापित ब्रान्ड बनेको उल्लेख गर्दै नयाँ शाखाको सफलताको शुभकामना दिए ।
अभिनेत्री बेनिशा हमाल र दीपाश्री निरौलाले पनि आफूले लामो समयदेखि रश्मिलाज फेसियल हाउसको सेवा लिँदै आएको अनुभव साझा गर्दै नयाँ आउटलेटको सफलताको कामना गरे ।

रश्मिलाज फेसियल हाउसकी अध्यक्ष तथा अग्रज ब्युटिसियन रश्मिला श्रेष्ठले १८ वर्षअघि क्रिसमसकै दिन सुन्धारास्थित काठमाडौँ मलबाट संस्थाको सुरुआत गरिएको जानकारी दिँदै हालसम्म काठमाडौँ मल, सिभिल मल, बिजी मल, बुद्ध मल हुँदै हात्तिगौडासम्म सेवा विस्तार भएको बताइन् । उनले निकट भविष्यमै काठमाडौँ बाहिर तथा विदेशमा समेत शाखा विस्तार गर्ने तयारी भइरहेको जानकारी गराइन् ।

अमेरिकाबाट नेपाल फर्किएर शाखा विस्तारमा सहकार्य गरेकी समी रेग्मी अधिकारीले नेपालमै केही गर्न सकिन्छ भन्ने सोचसहित हात्तिगौडा आउटलेट सञ्चालन गरिएको बताइन् । कार्यक्रमको सञ्चालन गायिका तथा प्रस्तोता मञ्जु पौडेलले गरेकी थिइन् ।

१८ औँ वार्षिक उत्सवको अवसरमा रश्मिलाज फेसियल हाउसका विभिन्न शाखामा कार्यरत कर्मचारी, ब्युटिसियन, हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्टलाई नगदसहित सम्मान गरिएको थियो भने उपस्थित अतिथि र सञ्चारकर्मीलाई मायाको चिनो प्रदान गरिएको थियो ।